अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता शुरु ।

दिलसरा सुनार, भाद्र २४ जाजरकाेट
जाजरकोट युवा क्रिकेट क्लवको आयोजनामा आज देखि शुरुवात cricket-bat-ball-stump-padभएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको शुरुवाती खेलको पहिलो चरणमा त्रिभुवन मावि ए ले त्रिभुवन मावि विलाई १ विकेटले हराएको छ । कडा प्रतिस्पर्धाका विच सम्पन्न भएको खेलमा विनाएक राज कुमाईले ५ विकेट लिनुभएको थियो । त्यस्तै अर्को खेलमा शान्ति ज्ञानकुन्ज बोर्डिगं र कस्तुरी सहकारी बोर्डिगं बीच भएको खेलमा शान्तिले ४ ओभरमा जितको नतिजा चुमेको छ ।
त्यस्तै आजभएको अन्तिम खेलमा त्रिभुवन उमावि ए ले नोबेलिस्ट बोर्डिग स्कुललाई ७ विकेटले जितेको छ भने पहिले खेल अन्तरगत जेनिस शाक्य म्यान अफ दि म्याच हुनुभएको छ । त्यसैगरी दोस्रो र तेस्रो खेलमा क्रमशः वसन्त भन्डारी र प्रदिप विक म्यानअफ दि म्याच हुनुभएको क्लबका अध्यक्ष अनिष कार्कीले जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता भैरहेपनि उद्घाटन सत्रमा अतिथिहरुको उपस्थिती न्युन रहेको बताउनुभयो ।

समाचार प्रकाशित मिति २०७३ भाद्र २४

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top