अाँखा उपाचार गराउनेकाे संख्यामा बृद्धि ।।

सविता शाह जाजरकाेटः ८ मंसिर २०७३ 

जिल्लाको भेरीमालिका नगरपालिका–३ ठाटी बजारमा सञ्चालित आँखा उपचार केन्द्रमा आउने बिरामीको संख्या ह्वात्तै बढेको छ । स्वीस रेडक्रसको आर्थिक सहयोगमा २०४८ साल देखि सञ्चालमा आएको केन्द्रमा वर्षेनी आँखा उपचार गराउने बिरामीहरुको संख्या बढ्न थालेको हो । गत वर्षमा २ हजार ५ सय जनाले आँखा यपचार गराएका थिए । भने यस बर्षमा ३ हजार ५ सय जनाले आँखा उपचार केन्द्रबाट सेवा लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १ हजारले बढि रहेको छ । हाल जिल्ला आँखा उपचार केन्द्रमा दैनिक आँखा उपचार गराउन आउनेको संख्या २५ जनाको हाराहारीमा विरामीहरु आउने गरेको आँखा उपचार केन्द्रले जनाएको छ ।
केन्द्रमा आँखा उपचार गराउन आउनेहरुको पुरुषहरुको भन्दा महिलाहरुको बढि पाइएको छ । गत वर्ष मात्रै १३ सय जना महिलाहरुले आँखा परीक्षण गराएका छन् । भने १२ सय जना पुरुषहरुले आँखाको चेक जाँच गरेको नेपाल रेडक्रस सोसाईटी सामुदायिक आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदिप जंग शाहले बताए । उनका अनुसार पुरुषहरुको भन्दा महिलाहरुको सङ्या उपचार गराउन आउनुमा महिलाले घरयासी तथा बाह्य काममा बढि खटिनु पर्ने जस्ता कारणले गर्दा उनीहरु छिटै संक्रमण हुने हुदा संख्या बढ्न गएको शाहले बताउछन् ।
यसैगरी न्युन आए भएका १ सय २३ जना विरामीहरुलाई विशेष छुटमा आँखाको उपचार गरिएको छ । भने २ सय ५० जनाको आँखाको माइनर अप्रेशन गरिएको छ । मोतीविन्दुको अप्रेशन र जटिल प्रकारको रोग भएका १ सय ७५ जनालाई थप उपचारका लागि रिफर गरिएको शाहले जानकारी दिए । जिल्ला आँखा उपचार केन्द्रमा आँखाको माइनर अप्रेशन, आँखा पाक्ने, चिलाउने, बिझाउने, पोल्ने, धमिलो हुने, लेखपढ गर्न गाह्रो हुने र नजिकको काम गर्दा टाउको दुख्ने, दृष्टिभ्रम, आँखाको नानीमा घाउ तथा पर्दामा दृष्टिनशा र रिङ्गटा लाग्ने जस्ता समस्याको उपचार हुदै आएको छ । यीनै आँखाको समस्यालाई ध्यानमा राखेर केन्द्रले प्रत्येक वर्ष २ वटा मोतीविन्दु शिविर सञ्चालन गर्दै आएको छ । गाविस स्तरिय आँखा शिविर सञ्चालन १५ पटक गरिसकेको छ । त्यस्तै स्थानीय स्तरमा शिविर सञ्चालन गर्दा नेपाल सरकार तथा दातृ निकायले कुनै पहल नगरेको हुदा कठिनाई भएको शाहले बताए ।

प्रकाशन मिति ८ मंसिर २०७३ 

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top