आगलागीबाट ज्यान गुमाएका आफन्तलाई १/१ लाख दिईने, पेट्रोल डिलर व्यवस्थित रुपमा संचालन गर्न ३५ दिने अल्टिमेटम ।

जनक सिंह, रेडियो जाजरकोट

जाजरकोटः भाद्र १९ गते शान्तिचौतारा स्थित संगीता होटलमा भएको आगलागीको घटनामा ज्यान गुमाएका मानसिहं खत्री र सँगिता खत्री बोहराका परिवारलाई एक एक लाnepal-moneyख रुपैयाँ राहत दिईने भएको छ । आज विहान प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप उदार कोषबाट उक्त राहत प्रदान गर्ने निर्णय गरेको हो । आगलागी भएको घरको क्षतिपुर्ति र राहतको लागि नगरपालीकाको सिफारिस, प्राविधिक मुल्याकंन र प्रहरीको मुचुल्का सहित केन्द्रिय दैवि प्रकोप उद्धार समितिमा सिफारिस गर्ने र घर मर्मतका लागि जिल्ला वन कार्यालयमा काठ अनुरोध गर्नु निर्णय गरिएको प्रजिअ गौतमले जानकारी दिनुभयो । त्यस्तै लामो समय देखि अव्यवस्थित तथा अवैज्ञानिक तरिकाले संचालन हुदैआएका पेट्रोल डिलरहरुलाई ३५ दिन भित्र व्यवस्थित तरिकाले संचालन गर्न निर्देशन गर्ने र तोकिएको समय सीमा भित्र निर्देशन पालना नगरी अटेरी गरेमा पुर्णरुपले बन्द गर्ने निर्णय समेत गरिएको दैविप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ गौतमले जानकारी दिनुभयो ।

सामचार प्रकाशित मिति २०७३ भाद्र २६

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top