आगलागीका घाइते मानसिंहको निधन

Aaglagi jajarkot (7)जाजरकोटः जाजरकोटमा गत आइतबार आगलागीबाट गम्भीर घाईते भएका संगीता होटेलका संचालक मानसिंह खत्रीको हिजो निधन भएको छ । उपचारका क्रममा किर्तिपुर अस्पतालमा उहाँको निधन भएको हो । यता विहिबार मात्रै भेरीमालिका नगरपालिकाले खत्रीको उपचार खर्चका लागि ५० हजार रकम दिने निर्णय गरेको थियो ।
खलंगा सदरमुकाम स्थित शान्ति चौतारामा रहेको संगीता होटलमा भएको आगलागीमा परी घाइते भएका अन्य ३ जनालाई पनि जनही ५ हजार रकम नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने भएको हो । हिजो बसेको नगरपालिकाको नगर बोर्ड बैठकले आगलागीबाट गम्भीर घाइतेहरुका लागि उक्त राहत उपलब्ध गराउने निर्णय भएको हो ।
घाइते भएका हरुको अवस्था अनुसार उपचार खर्च दिने निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत रामपूसाद शर्माले जानकारी दिनु भयो । त्यस्तै आगलागीमा परेर मृत्यु भएकी संगिता खत्री (बोहरा) को परिवारलाई राहात स्वरुप २५ हजार रुपैयाँ दिने निर्णय भएको छ । आज बसेको नगर बोर्डको बैठकले हरितालिका तिजको दिन भएको उक्त दुखद घटना प्रति नगरपालिकाको तर्फबाट शोक प्रस्ताव पारित गरेको छ । गत आइतबार हरितालिका तिजको दिन जाजरकोट सदरमुकाम स्थित शान्ति चौतारामा रहेकोे संगिता होटलमा आगलागी भएको थियो । होटलको एक कोठामा गरिएको पेट्रोलियम पदार्थको पसलमा आगलागि हँदा एक जनाको मृत्यु भएको थिाये भने ४ जना घाइते भएका थिए । भाइते हरुको हाल काठ्काण्डौमा उपचार भई रहेको छ । घाइते हरुलाई दिइने उपचार खर्च तत्काल काठ्माण्डौ पठाइने कार्यकारी अधिकृत शर्माले जानकारी दिनु भयो ।

प्रकाशितः २०७३ भाद्र २४

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top