जाजरकोटमा आठौं राष्ट्रपति रनिङ्ग सिल्ड शुरू

नबराज शाही,रेडियो जाजरकोट  २३ माघ  

स्वस्थयका लागि खेल,राष्ट्रका लागि खेल भन्ने मुल नारा का साथ अाज जाजरकाेटको सदरमुकाम खलंगा स्थित त्रिभुवन उच्च माध्यामिक विधालयमा  आठौं राष्ट्रपति रनिङ्ग सिल्डको उद्घाटन भएको छ ।  राष्ट्रपति रनिङ्ग सिल्डको उद्घाटन  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र पूर्व सभासद तथा एनेकपा माओवादीका पोलिट व्युरो सदस्य काली वहादुर मल्लद्धारा संयुक्त रुपमा पानसमा वत्ति वालेर उद्घाटन गरिएको  हाे । राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन समारोहका खेलाडीहरुद्धारा कराँते टेकन्दाे र  विभिन्न नृत्य प्रर्दसनी समेत गरिएको थियो । माघ २३ गते  देखि शुरूभएको राष्ट्रपति रनिङ्ग सिल्ड तीन दिन सम्म चल्ने आयोजकले जनाएको छ । सिल्डको ओयोजना जिल्ला खेलकुद विकास समितिले गरेको हाे । सिल्डमा जिल्लाका विभिन्न १७ वटा मावि तथा उच्च माविका विद्यार्थीहरुले भाग लिएको जनाईएको छ । 

 

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top