कतारमा जाजरकोट प्रवासी सेवा समाज गठन

लक्ष्मण रसाइली
दोहाः वैदेशिक रोजगारीको सिलसिलामा कतार पुग्ने जाजरकोटीहरुको हित र संरक्षणका लागि जाजरकोट प्रवाशी सेवा समाज गठन गरिएको छ । प्रेमबहादुर रावतको अध्यक्षतामा उपाध्यक्षमा मानबहादुर रावल, जयबहादुर शाही कोषाध्यक्षमा जेना पुन, सचिवमा लक्ष्मण रसाईली र सहसचिवमा होमबहादुर पुन रहनुभएको छ ।
त्यसैगरी आवश्यकता अनुसार केही सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय कार्यसमिति बनाईएको समाजका लक्ष्मण रसाईलीले जानकारी दिनुभयो । जाजरकोटी तथा नेपालीहरुलाई कतारमा कुनैपनि खालका समस्या परे समाजले आवश्यक सहयोगका लागि पहल गर्ने सचिव रसाईलीले बताउनुभयो ।
त्यस्तै कतारमा रोजगारीको सिलसिलामा रहेका जाजरकोटीलाई एकिकृत गरी जाजरकोटीहरुको सेवा तथा उद्धार गर्ने समाजको लक्ष्य रहेको बताईएको छ । कतारमा रहनुभएका जाजरकोटी कोही कसैलाई समस्या परे समाजका अध्यक्ष प्रेमबहादुर रावतको मोबाईल नम्बर ९७४७४४७५२०५, सचिव लक्ष्मण रसाईली मोबाईल नम्बर ९७४३१४४९६७७ र सहसचिव होम बहादुर पुन ९७४७७०१७३९२ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित २०७३ भाद्र २९ गते

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top