घाइतेलाई उपचारका लागि काठमाण्डौं लगियो 

जाजरकोटमा हिजो भएको आगलागीमा परि घाईते भएकाहरुलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । आगलागीबाट घाईते भएका मानसिंह खत्री, गोकर्ण चन्द, रमेश शाह र प्रेम रानालाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको हो ।
हिजो बिहान साढे एघार बजे खलंगा बसपार्कस्थित संगीता होटलमा आगलागी हुँदा उहाँहरु घाईते हुनुभएको थियो । आगलागीबाट मानसिंहकी छोरी संगीताको मृत्यु भएको थियो । घाइते चारै जनालाई जिल्ला अस्पतालमा प्राथामिक उपचार गरि थप उपचारका लागि हिजै नेपालगंज लगिएको थियो ।
घाईतेमध्ये मानसिंहको अवस्था अलि गम्भीर भएपछि उपचारका लागि काठमाण्डौं लिने व्यवस्था गरिएको हो । अन्य तीन जनाको अवस्था सामान्य भएपनि नेपालगंजभन्दा काठमाण्डौंमा प्रभावकारी उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । घाइतेको स्वास्थ्य सुधार हुँदै गएको उपचारका संलग्न चिकित्सकहरुले बताएका छन् ।
मृतक संगीताको पोष्टमार्टमपछि आजै दाहसंस्कार गरिएको छ । आगलागीको खास कारण अझै नखुलेको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो ।।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top