जाजरकोटका गैरसरकारी संस्थाहरुले समन्वय नगरेको आरोप

श्रम बहादुर सिंह /जाजरकोट

download

जाजरकोट, ९ मंसिर, जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका सहभागीहरुले स्थानीय गैरसरकारी संस्थाहरुले विषयगत निकायहरुसँग कम समन्वय गर्ने गरको बताएका छन् ।

जिल्ला विकास समितिको कार्यालय जाजरकोटको आयोजनामा जाजरकोटमा क्रियाशिल गैर सरकारी संस्था परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्टीका सहभागीहरुले यस्तो बताएका हुन् । तर, गैरसरकारी संस्थाहरुले समन्वयमा कमी नगरेको बरु जिल्ला विकास समितिले स्थानीय गैरसरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा नेतृत्व लिन नसकेको गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष वीरबहादुर बस्नेतले दाबी गर्नुभयो ।

सामुदायिक विकास कार्यक्रमको सहयोगमा संचालन भएको गोष्ठीमा सहभागी हुनुभएका नागरिक समाजका अगुवा केशव जंग शाहले निष्क्रिय रहेका गैरसरकारी संस्थाहरुलाई तत्काल खारेज गरिनेपर्ने विचार राख्नु भयो ।

जिल्ला स्थित विभिन्न गैरसरकारी संस्था तथा दातृ निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको गोष्ठीमा गैरसरकारी संस्था परिचालन व्यवस्थापन तथा कार्यविधि २०७१ लाई आवश्यक संशोधन गर्न राय तथा सुझावहरु समेत संकलन गरिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर ९

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top