जाजरकोटमा झाडा पखालाबाट एकको मृत्यु

जाजरकोट: झाडापखालाबाट विरामी भएकी सक्ला ४ जाजरकोटकी १४ वर्षीया भगवती बस्नेतको उपचार अभावमा ज्यान गएको छ ।

गएराती झाडा वान्ता भएपछि उनलाई स्थानीय मेडिकलमा पुर्याइए पनि प्रभावकारी उपचार नहुदा भगवतीको ज्यान गएको हो ।

त्यस्तै झाडापखालाबाट गम्भीर बीरामी भएका भगवतीका बाबु डुमे बस्नेत, आमा लिलावती बस्नेत र दाई बलबहादुर बस्नेतको स्थानीय मेडिकलमा उपचार भैरहेको स्थानीय शिक्षक रत्न सिंहले बताउनुभयो ।

त्यसैगरी झाडा पखालाबाटै बीरामी भएकी सक्ला ३ की काली बोहरा र अमृता रावलको उपचार स्वास्थ्य चौकी सेपुखोलामा उपचार भैरहेको अनमी मनमाया बुढाले बताउनु भयो ।

समाचार प्रकाशित मितिः २०७३ कार्तिक १९

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

One thought on “जाजरकोटमा झाडा पखालाबाट एकको मृत्यु

  1. पदम परियार जाजरकोट मजकोट गा.बि.स हाल मलेसिया

    नेपाल सरकारले र राजनिती दल ले हेर्नुपर्ने हुन्छ मेरो बिचारमा

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top