जाजरकोटमा रेडपाण्डाको गणना, ५० बढि रहेको अनुमान ।।

धिराज अार.सी.,असार १७
विश्वमै दुर्लभ रहेको रेडपान्डाको गणना जाजरकोटमा पहिलो पटक गरिएको छ । गणनाको क्रममा जाजरकोटमा मात्रै ५० भन्दा बढी रेडपान्डा पाईएको अनुमान गरिएको छ ।
रेडपान्डा अनुसन्धानकर्ता बद्री बरालको टोलीले दुई हप्ता जिल्लाको नायकवाडा र सक्ला गाविसका सागवारी, कराईचुली, ढोटचौर, ठाकुरज्यु, सजवन, चाखुरे, चौथारी, गाईगुवा, खामे हिमचुली, फुलवारी लगायतका जंगलमा रेडपाण्डाको दिसाको नमुना संकलन गरिएको हो । प्राकृतिक बास स्थानमा दिसालाई आधार मानेर बंशानुगत अध्ययन गरिएको र ल्यावमा रेडपाण्डाको दिसा परिक्षण गरेपछि संख्या एकिन हुने अनुसन्धानकर्ता बरालले जानकारी दिनुभयो । रेडपाण्डाका विषयमा नेपालमा पहिलो पटक विद्यावारिधि गर्न लागेका अनुसन्धानकर्ता अर्जुन थापा सहितको एक टोलीले जिल्लाको वारेकोट क्षेत्रमा रेडपाण्डाका वारेमा अनुसन्धान गरेपछि जाजरकोटमा २०७० सालमा रेडपाण्डा भएको पत्ता लागेको थियो । विश्व बन्यजन्तु संरक्षण कोष अन्र्तगत संचालित हरियो बन कार्यक्रमको सहयोगमा रेडपाण्डा संरक्षण नेटवर्कले जाजरकोटमा रेडपान्डाको गणना गरेको हो । त्यसैबिच प्राकृतिक बास स्थान उपयुक्त हुँदाहुदै पनि जनचेतनाको अभावमा जाजरकोटका विभिन्न जंगलमा पाईन रेडपाण्डा लोप हुदै जान थालेपछि स्कुले विद्यार्थी मार्फत रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

One thought on “जाजरकोटमा रेडपाण्डाको गणना, ५० बढि रहेको अनुमान ।।

  1. harihar singh rathour

    जिल्ला विकास समितीले वारेकोट पर्यावरण तथा एकीकृत विकास अभियान लाई दिएको ४० हजारले साना स्तनधारी प्राणी अनुसन्धान तथा संरक्षण फाउण्डेसनका अनुसन्धानकर्ता अर्जुन थापा , दिपक चन्द र मेरो प्रयासमा जाजरकोटमा रेडपाण्डा पहिलो पटक जैविक पुष्टि गरिएको हो । त्यस पछि पंछी संरक्षण संघले चीरकालिज, सुनगिद्ध लगायत हाल जलेवा पत्ता लगायो । यो कुरा ईतिहासमा लेखेर राख्नोस । नर्विसनुस मैले रेडपाण्डाको तस्वीरहरु व्यानर वनाएर खलंगामा राख्दा हरिहरले विरालोको फोटो ल्याएर टांस्यो, गुगलको फोटो तानेर टांस्यो भनेर खिस्सी काटजे धेरै थिए । हाल धादिंग आएर पनि रेडपाण्डा र सालकको जैविक पुष्टि गरेकोछु ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top