जाजरकोटमा सुनखानीको सम्भावना, चिनियाँटोलीकाे अध्ययन

जनक सिंह, रेडियाे जाजरकाेट / जाजरकोट,१० माघ 

एक चिनियाँ कम्पनीले जाजरकोटकाे भरी नदि किनारमा सुन खानीको संम्भाब्यता अध्ययन थालेको छ । चिनियाँ कम्पनी धर्मश्री माइनले जाजरकोटको भेरीमालिका नगरपालीकाकाे धल्ला र जगतिपुरकाे मटेलास्थित भेरी नदीको बगरमा सुन खानीको संभाव्यताकाे अध्ययन थालेको हो । चिनियाँ नागरिक सङपिङको नेतृत्वमा रहेको चिनियाँ टोलीले दुई ठाँउमा जमिन मुनि ड्रिल गरेर अध्ययन गरिरहेको कम्पनीले जनाएको छ । अहिलेसम्म एक सय पचास फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेका छौं, तर खासै प्रगति देखिएको छैन । दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङ्गमार्फत टोली प्रमुख सङ्गपिङ्गले भन्नुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको टाेलिले जनाएकाे छ । भेरी नदिका बिभिन्न ठाउँमा सुन पाईएको खानी तथा भुगर्भ विभागसँग तथ्यांक रहेकोले कम्पनीले चासो देखाएर पाईलट पोजेक्टको रुपमा जाजरकाेटकाे भेरीनदिमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।अनुसन्धानको लागि आवश्यक प्रविधि सहित आएको टोलीले अझै ३ महिना काम गर्ने जनाएको छ । आवश्यक सामग्रीलाई अध्ययनस्थलसम्म लैजान कम्पनीले आफ्नै पहलमा २ किलोमिटर मोटरेवल बाटो समेत निर्माण गरेको छ । जमिन मुनि भेटिएका बिभिन्न प्रकारका ढुंगा र अन्य खनिज पदार्थहरूलार्इ  थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङ्गले जानकारी दिनुभयाे । यसअघि दाङ्गका केहि ठाउँहरूमा समेत सुन खानीको अध्ययन गरेको कम्पनिले जानकारी दिएकाे छ । सुन खानी भए नभएको बारे भइरहेको अनुसन्धानमा नेपालसरकारका प्रतिनिधिको संलग्नता र उपस्थिति नहुँदा कम्पनीले गर्ने अनुसन्धानमा गाउँलेले आशंकासमेत गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

One thought on “जाजरकोटमा सुनखानीको सम्भावना, चिनियाँटोलीकाे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top