जाजरकोटमा ५ सय ८० राउन्ड गोली भेटियो

जनक बहादुर सिंह, जाजरकाेटः
जाजरकोटको भेरीमालिका नगरपाली वडा नं. ३ मा रहेको स्यालापाखा साunnamedunnamed-1मुदायिक वनमा अत्याधुनिक हतियारमा प्रयोगहुने ५ सय ८० राउण्ड गोली फेला परेको हो । आज विहाना विशेष सूचनाको आधारमा स्यालापाखा सामुदायिक वनमा गोली रहेकोले थाहा पाएपछि तत्काल जिल्ला प्रहरीकार्यालयबाट निमित्त कार्यालय प्रमुख एवमं प्रहरी निरिक्षक हिक्मत बहादुर बोहरा र प्रहरी निरिक्षक सुवास भट्ट सहित खटिएको १५ जनाको प्रहरीटोलीले सो वनमा गोलीहरु भेटाएको थियो । जाजरकोट डोल्पा सडक खण्डदेखि १ सय मिटर तल पर्ने स्यालापाखा सामुदायीक वनमा यत्रतत्र छरिएर रहेको अवस्थामा गोलिहरु भेटिएको थियो । गोली कसले र किन छोडेको भन्ने कुराको थप अनुसन्धान भई रहेको कुरा जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

समाचार प्रकाशित मिति २०७३ असाेज १० गते

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top