स्विकृत दरबन्दी भएका भन्दा नभएका विधालयको सिकाइ राम्रो

जनक सिंह, जाजरकोटः
शिक्षक दरबन्दी पर्याप्त भएका भन्दा स्वीकृत शिक्षक दरबन्दी नै नभएका विद्यालयका विद्यार्थीहरुको सिकाई स्तर सन्तोष जनक रहेको पाईएको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटले केही समय अघि जिल्लाका २० वटा माविहरुमा गरेको विद्यालय अनुगमनबाट यस्तो तथ्य पुष्टि भएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
विद्यालमा प्रयाप्त भौतिक पुर्वाधार भएका र स्वीकृत शिक्षक दरबन्दि भएका विद्यालयमा भन्दा प्रयाप्त भौतिक पुर्वाधार नभएका र स्वीकृत शिक्षक दरबन्दि समेत नभएका विधालयहरुमा सिकाइ उपलब्धि राम्रो रहेको कार्यालयले जनाएको छ । जिल्लाका कालिका मावि राँमिडाँडा, रामोदय मावि जेवा, राम मावि खलटाकुरा भेरीत्रिभेणी मावि रिम्ना र कालिका मावि तम्तीमा स्वीकृत शिक्षकको दरबन्दि shiksha-nepal-3छैन तर यीनै विधालयहरुमा विद्यार्थीहरुको सिकाइ स्तर राम्रो भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहको भनाई छ । जिल्लाका दरबन्दि भएका केहि विद्यालयहरुमा भने अपेक्षितरुपमा पठनपाठन समेत हुन नसकेको जिशिअ सिंहको भनाई छ । अबको पुष,माघ र फागुन महिनामा जिल्लाका ४५२ विधालयमा अनुगमन गरी कुन विधालयमा कति पढाइ भएको छ र विधार्थीको सिकाइ उपलब्धी कति छ भनेर परिक्षा समेत लिने यदी पढाइभए अुनरुप विद्यार्थीको सिकाइ उलब्धी सन्तोष जनक नभए तत्काल उपचारात्मक शिक्षण क्रियाकलाप गर्ने र ति विधालयमा कार्यरत शिक्षकहरुको तलब कटाएर पुस्तकालयमा लगानी गर्ने समेत जिशिअ सिंहले भनाई छ ।

समाचार प्रकाशित मिति१३ मंसिर २०७३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top