संगीतमा जम्दै जाजरकोटका सुनील

sunillदानबहादुर शाही / जाजरकोट
“सुन्छु हल्ला बाटो मोड्यौ रे, दिलमा नाम पराईको कोर्यौं रे, नयाँ साईनो अन्तै जोड्यौ रे ।” भन्ने गीतको बोलबाट संगीत गर्दै आफ्नो सांगितिक यात्रा शुरु गरेका पैंक ९, जाजरकोटका सुनील आरसी पछिल्लो समय निकै व्यस्त रहेका छन् ।
एक दर्जन बढी गीतहरुमा संगीत गरीसकेका सुनील रोजगारीको सिलसिलामा हाल मलेसियामा कार्यरत छन् । मलेसियामा रोजगारीका साथै प्रियसी म्युजिक प्रालिको मार्केटिङ्ग अधिकृतको रुपमा समेत क्रियाशिल समेत छन् ।
प्रायः प्रेम, जीवन र जीवनका भोगाईलाई आफ्ना शब्दहरु मार्फत जीवन्त संगीत दिन रुचाउने उनका संगीतहरु मनपराउने श्रोता र दर्शकहरु बढ्न थालेका छन् । संगीतको औपचारिक तालिम तथा अध्ययन नगरेपनि आफ्नै प्रयास र निरन्तरको साधनाले सांगितिक क्षेत्रमै केही गर्ने आत्मविश्वास बढेको उनी बताउँछन् ।
आफुलाई संगीतकार भन्दापनि एक असल कलाप्रेमी भन्न रुचाउने सुनिलले हालै मात्र ब्युटि बनीदिन्छु भन्ने बोलका गीत सांगितिक बजारमा ल्याएका छन् । जसमा सुनीलले नै संगीत दिएका छन् भने डिके मुस्कानको शब्दमा मुना थापा र बसन्तराज गौतम स्वर दिएका छन् । त्यसैगरी उनले ‘लौ है कान्छी, ह्यान्डसम केटा आयो है’, ‘यमराज सँग नाता जोड्दैछु’, ‘खुसी’ लगायत थुप्रै एल्बमहरुमा शब्द संकलन तथा संगीत दिईसकेका हुन् ।
‘देशको विकासमा अमुल्य योगदान दिनसक्ने युवाहरुले विदेशी भूमिमा पसिना बगाउनु पर्ने बाध्यता हो ।’ सामान्य लेखपढ गरेका उनी भन्छन्,– ‘आर्थिक रुपमा सक्षम भएपछि आफ्नै माटोमा केही व्यवसाय गर्नुपर्छ ।’ रोजगारीका सिलसिलामा जहाँपुगे पनि आफ्नो गाउँ, समाज र देशको विकासमा सबै यूवा जुट्नुपर्ने सोच राख्ने सुनील अबको केही समयमा आधुनिक गीत ल्याउने अन्तिम तयारीमा रहेको बताउँछन् । 

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top