पजारुमा ५ वर्षीया बालिका बलात्कृत

जनक सिंह, जाजरकोटः
जाजरकोटको पजारुमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । दिदीसँग गोठालो गएका बेला स्थानीय दाइ नाता पर्ने पजारु–५ का १३ वर्षीय प्रकाश अधिकारीले बलात्कार गरेका हुन् । समाजबाट तिरष्कृत हुने र उल्टै अपहेलित हुने डरले बालिका बलात्कृत भएको दुई महिना पुग्न लाग्दा पनि घटना बाहिर आउन नसकेको हो । बलात्कृत बालिकाको यौनीमा इन्फेक्सन भएपछि सोधखोज गर्दा बालिका बलात्कृत भएको तथ्य खुलेको हो । मलाई प्रकाश दाइले जबरजस्ती यौनसम्पर्क गरेपछि यस्तो भएको भनेर छोरीले नै भनेपछि घटनाबारे आफुले थाहा पाएको बाबुले बताए ।
प्रहरीका अनुसार प्रकाशले दिदी बाख्रा लिन जंगलतिर गएको मौका छोपी गत असोज १३ गते बालिकालाई नजिकैको खोलामा लगेर बलात्कार गरेका थिए। गाउँमै घरेलु उपचार गर्दा पनि निको नभएपछि बालिकालाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याइएको छ। अहिले जिल्ला अस्पतालमा बालिकाको उपचार भइरहेको छ । अस्पतालका डा. भुपेन्द्र प्रकाश मल्लले बालिकाको यौनीबाट पानी बगिरहेको, पुरानो घाउ देrapeखिएकाले आफुले शंका लागेर सोधखोज गर्दा बलात्कार भएको पत्ता लागेको जानकारी दिनुभयो । बालिकाका बाबुले प्रहरीमा प्रकाशको नाममा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ। घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीले निगरानी र अनुसन्धान बढाएको प्रहरी निरीक्षक सुवास भट्टले बतााउनु भयो । बलात्कारको आरोप लागेका प्रकासलाई पक्राउ गरी थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बडाबनलाई निर्देशन दिइसकिएको भट्टले बताउनुभयो । बालबालिकालाई जेलमा राख्न नमिल्ने कानुनी प्रावधान रहेको छ। पिडक बालक अदालतबाट दोषी ठहरिए सुधार गृहमा राखेर आवश्यक परामर्श दिने व्यवस्था कानुनमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

प्रकाशन मिति ७ मंसिर २०७३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

2 thoughts on “पजारुमा ५ वर्षीया बालिका बलात्कृत

  1. भिम ब राना जाजरकोट

    त्यसो काणून होइन सरासर गलत हो किनकी बलत्काकारी 23 बर्ष को छ त्यो बालक होइन अपराधी हो जेल हाल्नै पर्छ नतर फेरि यस्तो घटना सामान्य तोरमा लियो भने यस्तो घटना बाहार बाहार दोहोरिन सक्छ र समाजका पिडा अझै बढी ऊल्झिदै जान सक्छ बालबालिका त तिनी हून जो 18 बर्ष मनिका छन ।तै पनि बाबालिक14/15 बर्षको हुन्थ्यो भने बलात्कारी लाई अपराधीलाई केही कम हून सक्थ्यो तर 5 बर्ष को बालिकालाई अपराधीलाई जगन्या अपराध घोषित गरी जेल हाली पिडितलाई न्याय दिलाउनू पर्छ मेरो प्रतिकृया यही हो नमस्कार ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top