पर्यटनका थुप्रै संभावना भित्र, जाजरकोट

जाजरकोटः एकादेशको कथा

शब्द र तस्बिरः सुरेन्द्र सिंह

जाजरकोट, नाम सुन्ने अधिकासंको मस्तिष्कमा एउटा चित्र प्रतिविम्बित हुन्छ, विकट पहाडी जिल्ला । दश वर्षे शसस्त्र युद्धले क्षतविक्षत भएको जिल्ला । झाडापखाला र स्वाइन फ्लुको महामारीले ३ सय ५० भन्दा बढीको अकालमा ज्यान गएको जिल्ला ।

1
हुनपनि हो, विभिन्न कालखण्डहरुमा जाजरकोटले नमिठा अनुभूतिहरु सँगालेको छ । दुःख–कष्ट, शोक र भोकका असंख्य कथा र ब्यथाहरु छन् यहाँ । न त सुनाएर सकिन्छन्, न त पोखेर नै रित्तिन्छन् । संकटकालमा माओबादीको जिल्ला भनेर जाजरकोटबासीलाई सेना–प्रहरीले निगरानी राख्थे । जिल्ला बाहिर होस् या राजधानी जाँदा होस् । जाजरकोट घर भनेर बताउँदा हप्ता दिन सम्म प्रहरीले थुन्ने गथ्र्यो । जिल्लाबासीले पहिचान नै लुकाउनु पर्ने एउटा स्थितिको सिर्जना भएको थियो ।
६६ साल तिर झाडापखालाको महामारी फैलियो । गुखाने जिल्लाका मान्छे भनेर शहर बजारमा दुर–दुर गरे । त्यतिमात्रै कहाँ हो र ? आत्मसम्माना ठेस पुग्ने गरी धेरैले धेरै ठाउँमा होच्याएर बोलेका शब्दको सामना गर्नु परेको थियो । फेरि झाडापखालाले गुमाएको आत्मसम्मानमा मलम नलाग्दै २०७२ सालको शुरुवाती सँगै फैलिएको स्वाइनफ्लुबाट करिब ३ दर्जन जतिको अकालमा ज्यान गयो । ती विभिन्न क्षणहरुलाई जिल्लाबासी पनि अमिलो मनले सम्झिन्छन् । 4
यी त भए जाजरकोट र जाजरकोटीका बेदना र पीडाका कुरा । यस्ता यथार्थपरक कहानीहरु कति छन् कति ? नेपालीमा एउटा चल्तीको भनाई छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । अवश्य पनि जाजरकोट शोक र भोकको मात्रै भकारी पनि होईन । यद्यपी जिल्ला दुर्गम हो, तर यहाँ भएका संभावनाहरु असंख्य छन् । यहाँ रहेको स्रोत र साधनको उचित सदुपयोग गर्न सकेको खण्डमा जाजरकोटबासीको जीवनस्तरमा आमुल परिवर्तन आउन सक्छ ।
जल, जडिबुटी सांस्कृतिक तथा प्राकृतिक सौन्दर्य, बहुमुल्य पत्थरखानी लगायतका प्राकृतिक स्रोतको सही सदुपयोग गर्न सके जिल्लाबासीको सामाजिक तथा आर्थिक अवस्था आजको भोली नै सबल हुने कुरामा दुई मत छैन । ‘जडिबुटी, र पर्यटन क्षेत्रमा मात्रै पनि उचित ध्यान दिन सके सिंगो राज्यलाई नै आर्थिक रुपमा सम्पन्न बनाईदिन सक्ने स्रोत छ, जाजरकोटमा ।’ नागरिक समाजका अगुवा राजबहादुर सिंह भन्छन्, ‘नभएको कुरालाई खोज्ने होईन, भएको कुरालाई सदुपयोग गर्न सक्नुपर्छ, जुन जिम्मेवारीको अगुवाई राज्यले गरिदिनु पर्छ ।’5
पदयात्रा, हिमाली दृश्यावलोकन, स्थानीय संस्कृति, ऐतिहासिक तथा धार्मिक स्थलहरुको भ्रमण, प्राकृतिक सम्पदाहरु सँग साक्षात्कार गर्नका लागि जिल्लामा प्रशस्त स्रोत छ । तर न राज्यले चाल पाएको छ, न स्थानीय राजनीतिदलका नेताहरुलाई वास्ता छ । वर्षौ देखि कराईचुली हिमाल टुलुटुलु हेरिहेको छ । देउरालीले आफ्ना गुनासाहरुलाई आफैसँग पग्लाईरहेको छ । भेरी नदीले पिर मर्काहरु बगाईरहेको छ । तर माल पाएर पनि चाल नपाउनेहरु आफ्नै ध्याउन्नमा मस्त छन् ।6
विश्वमा लोपोन्मुख अवस्थामा रहेका अधिकासं बन्यजन्तु जाजरकोटमा रहेका छन् । बाघ, पाटेबाघ, रातो पान्डा, कस्तुरी, नाहुर, डाँफे, कालीज, काँडे भ्याकुर लगायत थुप्रै पशुपन्छीहरु जिल्लाका जंगल तथा पाटनहरुमा नाँच्दै र उफ्रिदै गएका पाईन्छन् । तर गाउँलेहरुले चोरी शिकारी गर्ने गरेका कारण वन्यजन्तु घट्नेक्रममा रहेका छन् । ‘विश्वमै दुर्लभ मानिएको रातो पान्डा पछिल्लो समयमा जाजरकोटमा पाईएको छ । यसको संरक्षण गरी डलर आर्जन गर्न सकिन्छ ।’ युथ मिडिया नेटवर्कका सचिव गणेश बानियाले भने, ‘रातो पान्डा पाईने जङ्गल क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरि कार्यान्वयन गर्न सरकारले पहल गर्नु पर्छ ।’ यस्तै उनले थपे, ‘नेपालकै सबै भन्दा कम गतिमा बग्ने भेरी नदिमा ¥याफ्टिङ्ग सेवालाई ब्यवसायिक तवरले नियमतिता दिईनु पर्छ ।’ 7
जिल्लामा आन्तरिक र बाह्य पर्यटनका लागि केही चुनौतिहरुका बाबजुद संभावनाहरु धेरै गुणा बलिया छन् । आधारभुत भौतिक पुर्वाधारको विकास पुर्ण रुपमा गर्न सम्बन्धित सबैले चासो देखाउनुपर्नेमा जोड दिन्छन्, नेकपा एमाले जाजरकोटका अध्यक्ष डम्बरबहादुर सिंह, ‘सडक, विजुली, संचार लगायतका पुर्वाधारहरु प्रभावकारी हुन सके पर्यटन ब्यवसायका लागि जिल्लामा ठोस रुपमा केही गर्न सकिन्थ्यो ।’8
समयको कालखण्डले पहिचानलाई अलग अलग रुपमा स्थापित गरिदिन सक्छ । बर्बाद भएका शहरहरु त फेरि आबाद भएका उदाहरणहरु छन् भने यहाँ त प्रकृतिले नै सबथोक दिएको छ । अब एक पल्ट नयाँ जिन्दगीको कहानी लेखिनुपर्छ । ‘जिल्लाबासीका नाउँमा धेरैले धेरै थरीबाट ब्यापार गरे र मुनाफा आर्जन गरे । विकासे कायकर्ताहरुले जाजरकोटको नाउँ भजाए र आफै मोटाए ।’ खलङ्गा २, का प्रकाश चन्दको भने विकासे कार्यकर्ता र नेताहरु प्रति बेग्लै आक्रोश छ, ‘नेताहरुले जिल्लाबासीको भावनालाई बेचेर आफू अनि कायकर्तालाई धनी बनाए अनि यहाँ ठोस परिवर्तन के हुन सक्छ ?’9
जब सम्म गरिब र विपन्न जनताको आर्थिक–सामाजिक रुपमा जीवनस्तर माथि उक्लिन्न, तब सम्म यहाँ भावनाको खरिद विक्रि भैरहनेछ । विपन्न जनताको स्तरलाई सक्षम बनाउन उपलब्ध स्रोत र साधनको उचित परिचालन आवश्यक छ ।11

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

3 thoughts on “पर्यटनका थुप्रै संभावना भित्र, जाजरकोट

  1. रेशम शाही गर्खाकोट ५ जाजरकोट

    रेडियो जाजरकोट लाई धेरै धेरै शुभकामना छ यस्तै यस्तै दुर दराज मा अबस्थित सूचना र समचार हरु प्रशारान गर्दै लुकेर छिपेका धार्मिक स्थलहरुको उजागर गर्दै जानु मेरो तर्फबाट शुभकामना छ /

    Reply
  2. harihar singh rathour

    पर्यटन पुर्वाधारका धेरै कुरा छुटे, विस्वकै दुर्लभ रेडपाण्डा मात्रै हैन, चीरकालिज, सुनगिद्ध, लगायतका कुराह परेनन् । पर्यटन गुरुयोजनाको कुरा आएन । जैविक विविधता लगायत वन्यजन्तु अध्ययन भैसकेका कुरा आएनन् । जाजरकोटीको वानी गफ मात्रैै गर्ने वजेट नदिने योजना पनि नवनाउने

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top