प्रतिबन्धित तिन किलो पाँचऔले सहित १ जना पक्राउ

जनक सिंह जाजरकोटः
जाजरकोटको खगेनकोटमा एक व्यक्ति ३ किलो प्रतिबन्धित जडिबुटि पाँचऔले सहित पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दल्लीबाट खटेको प्रहरी टोलिले सो जडिबुटि बरामत गरेका हो । खगेनकोटको मैदे प्रहरी चेक प्वईन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा रग्दा देखि रिम्ना आउदैगरेको भे. १ ज. ५७६ नम्बरको यात्रबाहक जिपमा रहेका डोल्पा जिल्लाका नर्कु १ मा बस्ने ६७ बर्षिय नाम बहादुर बोहराको झोलाबाट जडिबुटि बरामत गरेको प्रहरीले जनाएको छ । विक्रिवितरणका लागि नेपालगञ्ज तर्फ लिनालागेको Panche aauleप्रहरीको अनुसन्धामा खुलेको छ । पाँचऔले सहित नाम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालयमा बुझाएको छ ।

समाचार प्रकाशित मितिः २ माघ २०७३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top