प्रहरी प्रमुख मल्ल जाजरकोटमा

प्रतिक्षा पुन
जाजरकोट ३१, साउन

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायब उपरिक्षक दानबहादुर मल्ल सरुवा भएर आएका छन् । प्रहरी नायब उपरिक्षक दिनेशराज मैनाली सरुवा भएर प्रहरी प्रधान कार्यालय, नक्साल गएपछि प्रधान कार्यालयबाटै मल्ल सरुवा भएर आएका हुन् ।
उनले जिल्लाका क्रियाशिल पत्रकारहरु सँगको भेटवार्तामा समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि सक्दो प्रयास गर्ने बताएका छन् । देशका विभिन्न जिल्लामा सिमाकंनको विषयलाई लिएर भैरहेका आन्दोलनले जाजरकोट जिल्लाको शान्ति सुरक्षामा समेत चुनौति थपिएकाले संचारकर्मीलाई साथ दिन अनुरोध गरेका छन् ।
उनले एक फरक प्रसंगमा आफू जाजरकोटीको ज्वाई भएका कारण जिल्लामा काम गर्न सहज हुने समेत बताएका छन् । उनले दश वर्षे सशस्त्र द्वन्द्वका समयमा जाजरकोटमा प्रहरी नायब निरिक्षक पदमा रही कार्य गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

One thought on “प्रहरी प्रमुख मल्ल जाजरकोटमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top