बस दुर्घटनाका परिवारहरुको पीडा भिडियोमा

धिराज आरसी/रेडियो जाजरकोट
२०७१ मंसीर ४ गते भेरीमालिका नगरपालिका कालाभुर स्थित बस दुर्घटना हुदा ५४ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा डाडाँगाउँ ७ चाउलेचौरका १२ जनाको ज्यान गएको थियो । चाउलेचौरका १२ जनाका परिवारको अवस्थाबारे भिडियो वृत्तचित्र निर्माण भएको छ ।
मृतकका परिवार र तिनका बालबालिकाहरुको अवस्था समेटी वृत्तचित्र निर्माण गरिएको वृत्तचित्रका निर्माता सुरेन्द्र सिंहले जानकारी दिनु भयो । वृत्तचित्र मार्फत आयआर्जन गर्ने घरको मुख्य व्यक्ति गुमेपछि मृतक परिवार र बालबालिकाहरुले भोग्नुपरेको वास्तविक पीडा देखाईएको सिंहको भनाई छ ।
वृत्तचित्रमा सह निर्देशन तथा स्वरांकन रामकुमार शाही, सह छायांकन सरोज वली र छायांकन तथा निर्देशन सुरेन्द्र सिंहको रहेको छ ।

भिडियो वृतचित्र हेर्नुहोस् ।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top