राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि त्रिभुवनले जित्याे

जनक सिंह,रेडियाे जाजरकोट / जाजरकोट २८ माघ

आठौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन उच्च माध्यामिक विद्यालय खलंगाले हात पारेको छ । विहीबार सम्पन्न भएको प्रतियोगितामा सबैभन्दा बढी दुई सय १४ अंक प्राप्त गरि उपाधी जित्न सफल भएको हो । गत शनिबारबाट शुरु भएको प्रतियोगितामा विभिन्न १७ वटा मावि तथा उच्च माविहरूले प्रतिष्पर्धा  गराइएका थिए । घरेलु मैदानको भरपुर उपयोग गर्दै प्रतियोगितामा त्रिभुवन उच्च माविले उत्कृष्ट प्रदर्शनमार्फत उपाधी हाँसिल गर्न सफल भएको हो । जिल्लाका विभिन्न क्षेत्रका १७ वटा विद्यालय सहभागि उक्त प्रतियोगितामा विजय माध्यामिक विद्यालय काफलचौर उपविजेतामा सीमित भएको छ । उसले एक सय ८९ अंक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिनु भएकाे छ । यस्तै एक सय १३ अंक प्राप्त गरि भेरीत्रिवेणी माध्यामिक विद्यालय रिम्ना तृतिय र एक सय पाँच अंक प्राप्त गरेको भगवती माध्यामिक विद्यालय कुदुले चौथो स्थान ओगटेको अध्यक्ष बस्नेतकाे भनाइ छ  । प्रतियोगितामा जिल्लाका कुल ६४ वटा सामुदायिक माध्यामिक विद्यालयमध्ये २० विद्यालयका तीन सय ६० विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यस वर्ष प्रतियोगितामा भलिबल, कबड्डी, एथेलेष्टिक फिल्ड तथा ट्रया तेक्वाण्डो, कराँते लगायतका खेलहरू खेलाइएको थियो । सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेकाले पुरस्कार वितरण कार्यक्रम भने  शनिबार गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिनु भएकाे छ ।

 

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top