शिक्षकलाई धम्की: पठनपाठन ठप्प

जाजरकोट संवाददाता/जाजरकोट, २६ जेठ
जिल्लाको लहँ स्थित भानुभक्त उच्च माध्यमिक विद्यालयका शिक्षकलाई रक्सी खाएका दुई जना व्यक्तिले कुटपिटको धम्की दिएपछि असुरक्षाको कारण देखाउदै विद्यालय बन्द गरिएको छ । कुटपिटको धम्की दिने व्यक्तिलाई कारवाही नभएसम्म विद्यालयको पठनपाठन तथा प्रशासनिक कार्य ठप्प गर्ने शिक्षकहरुले बताएका छन् ।
लहँ ३ का शेरबहादुर रावल र लहँ ४ का अमर रावलले विद्यालय हाता भित्र रक्सी खाएर प्रवेश गरी कुटपिटको धम्की दिएको उक्त विद्यालयमा कार्यरत शिक्षक हासीलाल पन्तले बताए । प्रधानाध्यापक bhanubhaktaअशोक कुमार साहको अध्यक्षतामा बसेको शिक्षकहरुको बैठकले दोषी उपर कारवाहीको माग गरेको हो ।
तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top