साढे चार किलो अवैध चरेस बरामद

श्रमबहादुर सिंह जाजरकोटः
लागू औषध चरेस ओसारपोसार गरेको आरोपमा खगेनकोट १ की ४४ वर्षिया डम्मरी शाहीलाई भेरीमालिका १ कालेगाउँबाट प्रहरीले पक्राउ गरेको छ । उनीसँग रहेको साढे चार किलो अवैध चरेस समेत बरामद गरेको जाजरकोट प्रहरीले जानकारी दिएको छ । भेरीमालिका नगरपालिका १ कालेगाउँबाट रुकुम जाँदै गर्दा कालेगाउँको पुलमा डम्मरीलाई होलुखोला स्थित अस्थायी प्रहरी पोष्टबाट खटेर chareshगएको प्रहरी टोलीले पक्राउ गरेको हो । डम्मरीलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटेको प्रहरी निरिक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले अवैध लागूपदार्थ ओसारपोसारमा संलग्नहरुको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

समाचार प्रकाशित मिति १४ मंसिर ३०७३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top