हराउदै लोक देउडा भाका

सुरेन्द्र बहादुर सिंह, रेडियो जाजरकोटः
कुनै बेला जाजरकोटका ग्रामीण भेकका मेलापातमा घन्किने लोक देउडा भाका लोप हुन लागेका छन् । पहिले मेलापात र बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु पाश्चात्य संस्कृतिको प्रभावका कारण हराउँदै गएका हुन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्न लागेको नायकवाडा २ जिरीका भीमबहादुर सिंहले बताउनुभयो । बढ्दो बजारीकरणका कारण गाउँहरुमा पdeuda-imageनि आधुनिक र पपगीतमा युवा पुस्ता रमाउन थालेपछि लाेक देउडा संस्कृति लोप हुन थालेको उहाँको बुझाई छ ।
जाजरकोटमा लोक देउडा तथा परम्परागत संस्कृती जोगाउन सामान्य प्रयासले मात्रै संभव नहुने सिलसिला कला सांस्कृतिक समाजका अध्यक्ष गंग विविश आरसीले बताउनु भयो ।

अब जिल्लाका परम्परागत र सांस्कृति महत्व बोकेका यस्ता सांस्कृतिक सम्पदाहरु जोगाउनका लागि सरोकारवाला निकायहरुले उचित पहल गरेर अभियानकै रुपमा जानुपर्ने समाजका अध्यक्ष आरसीको छ । केही वर्ष अघि जाजरकोटका परम्परागत मेलाहरु, रामीडाँडा, धारपानी, संगुरखाला तथा रमाईलो मेलामा देउडा, सिगांरु, ख्याली, टप्पा जस्ता स्थानीय परम्परागत संस्कृतिहरु देख्न पाईने अनुभव कला तथा संस्कृतिको क्षेत्रमा कलम चलाईरहनुभएका राजुराजा सिंहको अनुभव छ । तर, पछिल्लो समयमा यी मेलाहरुमा यस्ता सांस्कृतिक भाका तथा नृत्यहरु देख्न नसकिएको सिंहको भनाई छ ।

समाचार प्रकाशन मिति १० मंसिर २०७३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top