जाजरकोटको खलंगा स्थित पिपलडाँडामा स्थापित भई अत्याधुनिक ट्रान्समिटरद्वारा भू–सतहबाट १०० फिट उचाइमा रहेको अत्याधुनिक ब्रोडव्यान्ड एन्टेना मार्फत निरन्तर प्रसारण हुँदै आएको रेडिया जाजरकोट १ सय ५ दशमलव ६ मेगाहर्ज ग्रामीण एकिकृत विकास केन्द्र, जाजरकोटले संचालनमा ल्याएको हो ।  ‘सम्पूर्ण खबर, पूर्ण मनोरन्जन’ भन्ने मुल नारा लिएको यस रेडियोले सुचना, समाचार मनोरन्जनलाई विकासको पर्यायको रुपमा बुझेको छ ।

इजाजत नंः २०७१-०७२ क्षमताः ५०० वाट

anumati

  • खासगरी जाजरकोट, रुकुम, सल्यान, दैलख, सुर्खेत, बाँके, बर्दिया, डोल्पा, जुम्ला, कालीकोट क्षेत्रका श्रोतालार्य केन्द्रमा राखेर विविध सुचनामुलक, चेतनामुलक र मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

त्यसका साथै ईन्टरनेट र विभिन्न एन्ड्रोइड एप्स मार्फत संसार भर सुन्न सकिने यो रेडियोको मौलिक पहिचान बनिसकेको छ । विद्युत्तको केन्द्रिय प्रसारण विस्तार नहुनु र स्थानीय स्तरमा उत्पादन गरिएको विद्युत्तले रेडियोको उपकरण संचालन गर्न नसक्दा सौर्य उर्जामा भरपरेर रेडियो संचालन गर्नु यस रेडियोको प्रमुख प्राविधिक चुनौति रहेको छ ।
रेडियोको आफ्नै उत्पादनमा खबर सेरोफेरो, खबर डटकम, खबर हाईलाइट, साझा बहस लगायतका विभिन्न चेतनामुलक, सन्देशमुलक र मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा छन् भने उज्यालो ९० नेटवर्क, सामुदायिक सुचना केन्द्र र विविसी नेपाली सेवाको सहकार्यमा विभिन्न चर्चित कार्यक्रहरु प्रसारणमा रहेका छन् ।
आगामी दिनहरुमा स्थानीय श्रोताको आवश्यकता र माग अनुसारका थप कार्यक्रमहरु उत्पादन गरी सुचना र समाचारको माध्यमबाट समुदायको विकासमा अग्रसर हुने रेडियोले लक्ष्य लिएको छ ।

Top