७ वर्ष देखि पशुझै दाम्लोमा किन बाँधिए मुकेश ?

सुरेन्द्र सिंह
जाजरकोटः पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् । गरीबको जिन्दगी भने पैसाको अभावमा कि त अकालमा मर्नुपर्छ कि भने बाँचेर पनि मर्नुपर्छ । भावीको लेखान्त पनि कस्तो कस्तो ?

आफ्नो नियतीलाई धिक्कार्दै बाँच्नुपर्ने । हरेक बाबुआमालाई आफ्नो सन्तान उत्तिकै प्रिय लाग्छन् । अपबाद बाहेक यो प्रकृतिको नियम पनि हो । तर, सन्तान प्रतिको ममता मनभरी हुदाहुदै पनि ७ वर्ष देखि आफ्नो छोरालाई पशु जस्तै दाम्लोमा बाँध्नुपर्दा भेरीमालिका ५ गंगाटियाका ६१ वर्षीय बृद्ध जरे लुहारको मन भतभती पोल्छ । आखिर उनीसँग अर्को उपाय पनि त छैन ।mukesh-1 
चरम गरीवीका कारण उपचार गर्न नसक्दा मानसिक रोगी छोरा १२ वर्षीय मुकेश विकलाई घरमै बाँधेर राख्नुपर्ने उनको विवशता हो । जे मन लाग्यो त्यही खाने, जहाँ मन लाग्यो त्यहि जाने गरेका मुकेशलाई उपचार गर्न नसकेर पशु जस्तै दाम्लोले बाँधेर राख्ने गरेका छन् ।

मुकेशको मुख त छ । तर, आवाज छैन । दिएको बेला खान पनि खादैनन् । मन लाग्यो भने अर्काको खान पनि खोसेर खाईदिन्छन् । त्यतिमात्रै होईन ढुंगा माटो र आफ्नै दिसा पनि खाने गरेका छन् । mukesh-2
मुकेशको नजिक जाने, उनको स्वभाव र व्यवहार देख्ने जोकोहीको मन पनि कटक्क दुख्छ । भेरीमालिका ४ कि शिक्षक यशु सिंहलाई मुकेशको व्यवहार देख्दा विरक्त लाग्छ । मुकेशको मानसिक रोगले घरपरिवारलाई चिन्ता त छ नै । साथै उनको पशुतुल्य जीवनबाट छुटकारा दिलाउने कोही मनकारी मन भैदिए धर्म हुने यशुले बताईन् ।

विपन्न आर्थिक अवस्थाका लुहार परिवार अर्काको ज्यालामजदुरी र उब्रेको समय दाउरा विक्रि गरेर छाक टार्दै आएका छन् । लुहारले मुकेशको उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचारका लागि लिएका थिए । तर, उपचार संभव नहुने भएपछि आफ्नो र छोराको नियतीलाइ धिक्कार्दै बसेका छन् ।

लुहार परिवारलाई कतै राम्रो अस्पतालमा छोरालाई लिन पाए सन्चो हुन्थ्यो कि भन्ने आशा पनि छ । तर, आफ्नो आर्थिक अवस्थाले छोराको उपचार गर्नु केवल सपना देख्नु मात्रै हो भन्ने पनि उनलाई राम्रोसँग थाहा छ ।
लुहारका दुई छोरा मध्ये मुकेश कान्छो छोरा हुन् । एक मात्र छोरीको विवाह भैसकेको छ ।

प्रकाशित मितिः २०७३ भदौ २३

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top