​५ दिनमा आन्दोलनरत मधेसी मोर्चासँग सहमति गर्ने: तीन दल

काठमाडौँ : प्रमुख तीन दलले माघ ५ गते बस्ने संसद बैठक अघि नै आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने समझदारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक संयन्त्र गठन गरेर सीमाङ्कन टुङ्ग्याउने कार्यदल स्तरको बैठकको सुझाव माथि छलफल गरेको थियो।

आउँदो माघ ३ गते आइतबारसम्ममा तीन दलले कार्यदललको प्रतिवेदन माथि साझा धारणा तय गर्ने एमाओवादी अध्यक्ष प्रचण्डको आधिकारिक वेबसाइटमा उल्लेख छ। तीन दल र मधेसी मोर्चाले आन्दोलनरत मोर्चाका ११ बुँदे मागबारे छलफल गर्न पुस १९ गते कार्यदल गठन गरेका थिए। तर मोर्चाले पुस २१ गते मात्र कार्यदलमा रहने सदस्यको नाम बुझाएको थियो।

२८ पुसमा बसेको कार्यदलको बैठकले राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटाएको थियो। संयन्त्रको वैधानिकता र कार्यविधि भने अझै टुङ्गो लाग्न बाँकी रहेको छ। मधेसी मोर्चा र तीन दलबीच हुने छलफले राजनीतिक संयन्त्रको वैधानिकता कसरी दिने भन्ने टुङ्गो लगाउने छ।

प्रमुख तीन दलले संसदबाट राजनीतिक संयन्त्रलाई वैधानिकता दिन लगाउने प्रस्ताव मोर्चासमक्ष गरेका थिए।

प्रचण्डले तीन दलको बैठकमा मधेसी मोर्चासँग तत्काल सहमतिमा पुग्नेपर्नेमा जोड दिएका थिए।

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top